
हाम्रो एजेन्डा
"जस्तो सुकै राम्रो दूरदृष्टि भए पनि, व्यवहारमा लागु गर्न सकिएन भने त्यो मतिभ्रम हुनेछ।"
१. लोकतन्त्रलाई संस्थागत गर्ने
-
अभिव्यक्तिको स्वतन्त्रता लगायत मौलिक अधिकारहरूको रक्षा गर्दै कार्यान्वयन गर्ने
-
संविधानको रक्षा गर्ने र कार्यान्वयन गर्ने
-
संविधानलाई परिष्कृत बनाउने
- नागरिकतामा भेदभाव हटाउने
- निर्वाचन क्षेत्र हेरफेर हरेक १० वर्ष गर्ने
- राष्ट्रिय सभाको प्रतिनिधित्वलाई हरेक प्रदेशको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गरी त्यसपछि जनसंख्याको आधारमा तय गर्ने
२. जातीय तथा लैंगिक विभेद विरुद्धको राष्ट्रिय संकल्प
-
जातीय विभेदले गर्दा सयौं वर्षदेखि उत्पीडनमा परेका दलित समुदायलाई राज्यले क्षमा माग्ने र क्षतिपूर्तिको व्यवस्था गर्ने
-
लैंगिक विभेदलाई न्यूनीकरण गर्दै जाने र लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलता अपनाउने
-
महिलामैत्री तथा लैंगिक अल्पसंख्यक मैत्री समाज र राज्य स्थापित गर्न उक्त समुदायहरुको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिता सुनिस्चित गर्ने
३. भूमि सुधार गर्ने
-
वासस्थानको लागि भूमि नभएकाहरुलाई भूमि/वासस्थानको व्यवस्था गर्ने
-
भूमिको वैज्ञानिक उपयोगको लागि उपयुक्त वर्गीकरण गर्ने ।
-
कृषिलाई थप व्यवसायिक तथा फाइदाजनक बनाउने
४. निर्वाचन प्रणालीमा सुधार ल्याउने
-
सबै राजनीतिक दलहरुले स्थानीय चुनावमा पनि आफ्नो चुनाव चिन्ह लिएर लड्न पाउने र दीर्घकालीन रुपमा उम्मेदवारले चुनाव चिन्हको सट्टा नाम लिएर लड्ने
-
समानुपातिकबाट चुनिएको व्यक्ति अर्को पटक समानुपातिकमा लड्न नपाउने
-
सबै नेपालीलाई संसारको जुन ठाउँमा भए पनि मतदान गर्न पाउने व्यवस्था गर्ने
-
निश्चित मापदण्ड अनुसार राजनीतिक दलहरुले सरकारबाट तोकिएको रकम/श्रोत पाउने
-
निर्वाचनमा सबै उम्मेदवारलाई समान पहुँच दिने
५. नवप्रवर्तन र डिजिटलीकरण
-
सबै सरकारी कामहरुमा प्रयोग हुने डाटाहरु डिजिटल गर्ने
-
व्यक्तिगत डाटा सुरक्षाको निम्ति उचित कानून बनाई लागू गर्ने
-
सबै सरकारी कामहरुमा भुक्तानी वित्तीय कारोबारद्वारा गर्ने
-
इन्टरनेटको पहुँचलाई मौलिक अधिकार बनाउने
-
वैज्ञानिक आधारमा ठेगानाको व्यवस्था गर्ने, सडक र घर सहजै पुग्ने गरी नाम, नक्सा बनाउने, हुलाकलाई वैज्ञानिकीकरण गर्ने
-
नेपाललाई नवप्रवर्तनको केन्द्र बनाउने
६. हिंसा र भ्रष्टाचारमा शून्य सहनशीलता
-
बाल बालिका र महिलाहरुलाई आत्मरक्षाको प्रशिक्षण दिने
-
नैतिक शिक्षा प्रदान गर्ने जसको मद्दतले एक अर्काप्रतिको सम्मान र सहिष्णुतामा वृद्धि गरोस् र ठीक बेठीक छुट्याउन सक्ने क्षमताको विकास होस्
-
सम्पूर्ण नेता, कर्मचारीको स्वदेश तथा विदेशमा भएको चल-अचल सम्पतिको छानबिन हुने
७. जैविक राज्य (organic State)
-
रसायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्ने, जैविक मल कारखाना नेपालमा नै बनाउन पहल गर्ने, जैविक मलको विकासमा लगानी गर्ने, त्यस तर्फ किसानहरुलाई तालिम दिने
-
प्लास्टिक मुक्त हुने
-
जलविद्युत, सौर्य उर्जा लगायत नवीकरणीय उर्जा (renewable energy) को व्यापक वृद्धि गर्ने, नेपालको इन्धन भण्डारण क्षमता २ वर्षसम्म पुग्ने क्षमता बनाउने
-
वातावरणको सुरक्षा गर्ने, अवैधानिक रुपमा क्रसर चलाउने वा वातावरण बिगार्नेलाई कडा सजाय दिने
-
राष्ट्रिय निकुञ्जहरू र स्थानीय पार्कहरुको व्यवस्थापन/सुधार गर्ने, त्यसमा बसोबास गरिरहेका आदिवासीहरूको हक, वासस्थान तथा जनजीविकालाई सुरक्षित गर्ने
-
गाँजा लगायत अन्य जडीबुटीलाई औषधि, कस्मेटिक तथा निर्यात उत्पादनको रुपमा विकास, व्यवस्थापन र प्रवर्धन गर्ने
-
उचित पुन: प्रयोग र फोहोर व्यवस्थापन गर्ने, फोहोरलाई मोहर बनाउने, चक्रीय अर्थतन्त्रलाई प्रवर्धन गर्ने
-
एग्रो फरेस्ट्रीको अवधारणालाई कार्यान्वयन गर्ने
८. गुरु राज्य
-
सामुदायिक तथा सांस्कृतिक सम्पदा र धार्मिक स्थलहरुको संरक्षण गर्ने
-
स्थानीय भाषाहरुको संरक्षण गर्ने; संस्कृत र अन्य स्थानीय भाषाहरु सिक्ने/सिकाउने व्यवस्था गर्ने
-
पर्यटनका विविध विधाहरूको प्रवर्धन गर्ने
-
कार्यशैलीमा शान्त र अतिथि मैत्री मनोवृत्तिको विकास गर्ने
-
हरेक गाउँ/नगरपालिकामा पुस्तकालय खडा गर्ने
-
कला, साहित्य जस्ता सिर्जनशील कार्यहरुलाई प्रोत्साहन दिने
९. संविधानले दिएको शिक्षा सम्बन्धी मौलिक अधिकारको कार्यान्वयन
-
सार्वजनिक विद्यालयको गुणस्तरमा अभिवृद्धि गर्ने
-
निश्चित क्षेत्र भित्र तोकिएको संख्या भन्दा बढी विद्यालय खोल्न नपाइने
-
जनसंख्या अनुसार त्यो क्षेत्रमा न्यूनतम संख्यामा विद्यालय खोलिने
-
विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गर्न सहुलियतमा ऋणको व्यवस्था मिलाउने, सो ऋण पढाइ पूरा भएर काम गर्न थालेपछि चरणबद्ध रुपमा तलबबाट स्वत: काटिने, विदेश गए पूरै ऋण एकैचोटि तिर्नुपर्ने
-
विद्यालय र विश्वविद्यालय भित्र राजनैतिक (भातृ) संगठनहरु खोल्न नपाइने र भए हटाइने; स्वतन्त्र युनियन (जसले सोही विद्यालय र विश्वविद्यालय भित्रका कर्मचारी तथा विद्यार्थीहरूको विषयहरु मात्र उठान गर्छन्) लाई रोक तोक नहुने
-
व्यवसायिक शिक्षा/प्रशिक्षण (vocational training/studies) को प्रवर्धन गर्ने
-
सबै शिक्षकहरुलाई शिक्षणशास्त्र (padagogy) अनिवार्य गर्ने
-
वित्तीय तथा योग शिक्षालाई प्रवर्धन तथा प्रोत्साहन गर्ने
१०. संविधानले दिएको स्वास्थ्य सम्बन्धी मौलिक अधिकारको कार्यान्वयन
-
सार्वजनिक अस्पतालको गुणस्तरमा अभिवृद्धि गर्ने
-
निश्चित क्षेत्रभित्र तोकिएको संख्या भन्दा बढी अस्पताल खोल्न नपाइने
-
जनसंख्या अनुसार त्यो क्षेत्रमा न्यूनतम संख्यामा अस्पताल खोलिने
-
स्वास्थ्य बिमाको प्रवर्धन गर्ने र क्रमशः अनिवार्य बनाउने
-
अस्पताल तथाभित्र राजनैतिक (भातृ) संगठनहरु खोल्न नपाइने र भए हटाइने; स्वतन्त्र युनियन (जसले सोही अस्पताल भित्रका विषयहरु मात्र उठान गर्छन्) लाई रोकतोक नहुने
११. नेपाल र नेपालीको सुरक्षा
-
भारतसँगको सीमा विवाद सुल्झाउने, खुल्ला सिमामा परिचय पत्र जाँच गर्ने र आवत जावतको अभिलेखीकरण गर्ने
-
साइबर प्रतिरक्षाको लागि तालिमप्राप्त साइबर टोली बनाउने, सुरक्षाको विषयमा आधुनिक प्रविधि जस्तै ड्रोन (drone) को प्रयोग गर्ने
-
छिमेकीहरुसँग शान्तिपूर्ण कुटनैतिक सम्बन्ध कायम राख्दै नेपालको भौगोलिक अखण्डतालाई सुरक्षित राख्ने
-
प्राकृतिक श्रोतहरु (पानी, वन जंगल इत्यादि) को सुरक्षा गर्ने
-
(प्राकृतिक) प्रकोपको पूर्वतयारी सहित चुस्त व्यवस्थापन गर्ने
-
न्यायिक प्रक्रियालाई व्यवहारिक रुपमा स्वायत्त र स्वतन्त्र बनाउने
-
पूर्वाधार र यातायातमा वैज्ञानिक रुपमा आधुनिकीकरण गर्ने
-
सेनाको उपयुक्त संख्याको निर्धारण गर्ने तथा सेनालाई व्यापारीकरणबाट निरुत्साहित गर्ने
-
सबै सुरक्षा निकायहरुलाई थप व्यवसायिक बनाउने
-
प्रति जासुसी संयन्त्रलाई मजबुत बनाउने
१२. नेपाल बनाउने नेपालीले नै हो
-
घण्टाको न्यूनतम पारिश्रमिक तोक्ने
-
विदेशमा रहेका प्रतिभाहरुलाई नेपाल फर्काउने
-
कक्षा १० (SEE) उत्तीर्ण हुन २ - ३ महिना स्वयम्सेवी भई १०० पूर्णांक आउने श्रम गर्न पर्ने उदाहरण: वेटर, कार्पेट बुन्ने, कुमालेको काम गर्ने, अन्न उब्जाउने, खाद्य पदार्थहरू बेच्ने इत्यादि
-
चरणबद्ध रुपमा २० वर्षभित्र सम्पूर्ण नागरिकको कमाइको आधारमा पेन्सनको व्यवस्था हुने, हाल कायम रहेको वृद्ध भत्ता क्रमैसँग हट्ने
-
हरेक विश्वविद्यालय, शैक्षिक संस्था, NAST लगायतलाई विभिन्न क्षेत्रमा अनुसन्धान गर्न बजेट छुट्याउने
-
खेलकुदलाई प्रोत्साहन गर्न भौतिक पूर्वाधार तथा खेलाडी, प्रशिक्षकको सेवा सुविधा जस्ता कुरामा लगानी गर्ने
-
खाद्य वस्तु र हरेक सार्वजनिक स्थल (विद्यालय, होटल, रेस्टुरेन्ट, यातायात इत्यादि) को गुणस्तर बढाउनको लागि न्यूनतम मापदण्ड तोकी लागु गर्न कानुन तर्जुमा गर्ने
-
बालबालिकाको हक-अधिकारको सुनिश्चितता गर्ने
-
ज्येष्ठ-नागरिकको हक-हित र सम्मानको सुनिश्चितता गर्ने
१३. राज्य संयन्त्र र शासन-कला
-
संवैधानिक निकाय, अदालत, राजदूत लगायतको नियुक्ति प्रणालीमा दलगत हस्तक्षेपको अन्त्य हुने गरी सुधार गर्ने
-
सम्पूर्ण क्षेत्रबाट विभिन्न संघहरुको नाम, वा जुन सुकै प्रकारको सिन्डिकेटको अन्त्य गर्ने, सिन्डिकेट विरुद्ध कडा कानून ल्याउने
-
प्रशासनिक तन्त्रलाई चुस्त र दुरस्त बनाउने र भ्रष्टाचारलाई न्यूनीकरण गर्ने
-
पञ्चशीलको सिद्धान्तलाई अँगाल्दै असंलग्न नीतिलाई निरन्तरता दिने
१४. सुसंस्कृत समाज सहितको आर्थिक रुपान्तरण
-
नागरिकलाई गरि खान सक्ने समाजको निर्माण गर्ने
-
मौलिक व्यवसायलाई आधुनिकीकरण गर्दै बजार व्यवस्थापन गर्ने
१५. गठबन्धन र सहकार्य
-
एजेन्डा मिलेको खण्डमा कुनै पनि राजनीतिक दल वा समूह वा व्यक्तिसँग सो विषयमा सहकार्य गर्ने
-
लोकतान्त्रिक दलहरुसँग एजेन्डामा आधारित गठबन्धन गर्ने
सबैको भलो होस् !