top of page
Marble Surface

हाम्रो  लक्ष्य

“नेपालमा  नै  स्वाभिमानी  जीवन  जिउने  वातावरण  बनाउँछौं।

आजको आवश्यकता आम नागरिकको स्वन्तन्त्र, सम्मानित र संवृद्ध जीवन जिउने आकांक्षा पूरा गर्न सक्ने सङ्गठन र नेतृत्व हो। यसको निम्ति सुसंस्कृत राजनीति र नैतिकवान राजनीतिज्ञहरु अपरिहार्य छन्। व्यवहारिक रुपमा लोकतान्त्रिक र कार्यकुशल सङ्गठन, समतामूलक नीति, र  जबाफदेही नेतृत्वले नै देशलाई राजनीतिक दिशा एवम् निकाश दिन सक्छ।

 

विवेकशील पार्टी निम्न कारणहरूले आफूलाई त्यो आधुनिक राजनीतिक संस्कार सहितको रूपान्तरणकारी सङ्गठनको रूपमा स्थापित गर्दैछ।

 

१) मूल्यमान्यता र मुद्दामा आधारित राजनीति; आन्तरिक सहभागितामूलक लोकतन्त्र

२) संविधानलाई परिष्कृत बनाउँदै अगाडि बढ्ने

३) ठगी, भ्रष्टाचार, (महिला) हिंसा, कुनै पनि विभेद प्रति शून्य सहनशीलता 

४) हरेक कार्यमा पारदर्शीता तथा जबाफदेहीता

५) पद भनेको बाँड्नको लागि होइन, काम गर्ने जिम्मेवारी हो भन्नेमा विस्वास 

६) अभियान तथा कार्यक्रमहरु सांकेतिक र पूर्ण रुपमा शान्तिपूर्ण

७) समन्वय समितिमा ५०% महिला र संघीय समितिमा ३५.५५ % महिला सहित ५३.३२ % समावेशीता

८) एउटै कार्यकारी पदमा दुई कार्यकालपछि न्यूनतम एक कार्यकाल विश्राम लिनु पर्ने, तर पार्टीको कुनै पनि तहको निर्वाचित अध्यक्ष दुई कार्यकालपछि फेरि त्यही तहमा अध्यक्ष पदमा लड्न नपाउने (अरु पदमा पाउने) प्रावधान

९) विद्यालय, विश्वविद्यालय र अस्पतालभित्र राजनैतिक (भातृ) संगठनहरु नखोल्ने

१०) हाम्रो राजनीतिक प्रस्थान विन्दु: 

सहभागितामूलक लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षता

सबैको भलो होस्!

bottom of page