अभियान संजाल

मूख्य विचार
नेपालमा, हाम्रो समाजको एउटा समस्या के छ भने हामी एकल रूपमा धेरै ठाउँमा सफल भएकाछौँ तर सामूहिक तहमा भने विफल भयौँ। नेपालमा अरबपति छन्। संसार भरि नै नेपालीहरूले डाक्टर, इन्जिनियर, प्राध्यापक, कलाकार इत्यादि भएर पेशागत रूपमा ख्याती प्राप्त गरेका छन्। यद्यपि, हामीले यी उत्कृष्ट नेपाली प्रतिभाहरुलाई नेपालको सम्पूर्ण समुदायको लागि सदुपयोग गर्न सकेका छैनौँ।
अभियान संजालको उदाहरणहरु
एउटा समस्या भनेको परम्परागत राजनीतिक दलहरूलाई कसरी सहकार्य गरेर मिलेर काम गर्ने भन्ने थाहा नहुनु हो। उनीहरुको अझै पनि जताततै आफ्नो मान्छे हुनुपर्छ भन्ने सामन्तवादी मानसिकता छ र कुनै कुराको आवश्यकता पर्दा आफ्नो तथाकथित ‘कार्यकर्ता’ वा ‘झोले’हरूलाई बोलाउने चलन छ। नेपाल विवेकशील पार्टी, जसले रूपान्तरणकारी मार्ग (radical centrism) को दर्शन बोकेको छ, यो सामन्तवादी व्यवस्था तोड्ने लक्ष्य राख्दछ। हामी समन्वय र सहकार्यमा विश्वास गर्छौं। यस विश्वव्यापी संसारमा, सबै तिर सहयोगीहरू र मित्र शक्तिहरु हुनुपर्दछ।
यसका लागि हामीले ‘अभियान नेटवर्क’को यो नवीन अवधारणा सुरु गरेका छौं । जो कोहीले पनि भएको संजालमा सामेल हुन वा तपाईंको आफ्नै संजाल सिर्जना गर्न सक्छ। यसमा सहभागी हुनको लागि तपाई पार्टीको सदस्य हुनु आवश्यक छैन। यी संजालहरूले लगभग स्वायत्त रूपमा काम गर्नेछन् र टोलीहरूले आफ्नो 'अभियान संजाल'को लक्ष्य हासिल गर्न विभिन्न अभियान र कार्यक्रमहरू योजना र कार्यान्वयन गर्नेछन्।
विवेकशील पार्टीको एउटै शर्त भनेको हामी सबै सहभागीहरूलाई हाम्रा मूल्य मान्यताहरू पालना गर्न अनुरोध गर्दछौँ। हामी कुनै पनि हिंसाको विरुद्धमा छौँ। हामी प्रत्येक 'अभियान संजाल' बाट पारदर्शिता र जवाफदेहिताको माग गर्दछौँ।
देश निर्माणको प्रक्रियामा सहभागी हुन हामीलाई सम्पर्क गर्नुहोस्। हामी सँगै सफल हुनेछौँ!
शिक्षा संजाल
शिक्षा प्रणालीमा दीर्घकालीन सुधार ल्याउनको लागि काम गर्ने।
महिला संजाल
महिलाहरुलाई व्यक्तिगत र पेशागत रूपमा अघि बढ्नको लागि सहयोग हुने कार्यक्रमहरु बारे छलफल गर्ने र ल्याउने। जस्तै मेन्टोरिङ्ग
रोजगारी संजाल
विभिन्न कार्यक्रमहरू संचालन गर्ने जसले गर्दा नेपालमा रोजगारी सिर्जना गर्न सहज होस्।
पर्यावरण संजाल
अभियान र चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने जसले गर्दा पृथ्वी र पर्यावरण माथि थप क्षति रोकियोस्।