top of page
  • Black Facebook Icon
  • Black Twitter Icon
  • Black Instagram Icon
Election-Commission-Voters-IDCard.jpg

मतदाता परिचयपत्र अभियान

लोकतन्त्रमा मतदान गर्ने अधिकार एउटा यस्तो औजार हो जसले हामी आफ्नो सहमति वा बिमति जनाउन सक्छौँ। दुर्भाग्यवश धेरै नेपालीहरुको, विशेष गरी युवाको मतदाता परिचयपत्र छैन। आज नै तपाई आफ्नो मतदाता परिचयपत्र बनाउनुहोस् अनि ठिक उम्मेदवार चुन्नुहोस्।  

नोट: चुनावको मिति घोषणा गरिसकेपछि मतदाता परिचयपत्र बनाउन मिल्दैन।

NoteChalneVoteNachalne.jpg

नोट चल्ने! भोट नचल्ने? अभियान

करिब ६ वर्षदेखि विवेकशीलले विदेशमा रहेका नेपालीले विदेशबाट नै मतदान गर्न पाउनुपर्छ भन्ने मुद्दा उठाउँदै आएको छ। विदेशमा रहेका करिब २५ लाख नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने सम्बन्धमा सर्वोच्च अदालतले रिट नं : ०७३-WO -११४९ उपर मिति २०७५/७/१२ मा गरेको फैसलामा सरकारको नाममा परमादेश जारी गरिसकेको छ। 

हामीले यस मुद्दामा खबरदारी जारी राखेकाछौँ। प्रवासमा रहेको नेपालीले देशको अर्थतन्त्र रेमिट्यान्सद्वारा धानिरहेको अवस्थामा उहाँहरुले मतदान गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।

RTI-Mask.jpg

सूचनाको हक (आरटीआई) अभियान

हरेक नेपाली नागरिकले सूचना पाउने अधिकार राख्दछ। जो कोहिले पनि rti.bibeksheel.org गएर सजिलै आवेदन तयार पार्न सक्छ। यो अधिकारको सदुपयोग गरेर लोकतन्त्रलाई संस्थागत गर्न सहयोग गर्नुहोला। समय समयमा हामी यस बारे प्रशिक्षण पनि दिन्छौँ।

#RTI_for_Transparency

#RTI_for_Accountability

संलग्न हुने माध्यमहरू

स्वयंसेवक बन्नुहोस्

चलिरहेका अभियानहरुमा स्वयंसेवक बन्न सक्नुहुन्छ। 

अभियानकर्ता बन्नुहोस् 

आफ्नो टोलमा कुनै अभियानको नेतृत्व गर्न सक्नुहुन्छ। 

आफ्नै अभियान सुरु गर्नुहोस्

आफ्नै अभियान संजाल बनाएर आफ्नो मुद्दालाई अघि बढाउन सक्नुहुन्छ। 

सदस्य बन्नुहोस् 

रुपान्तरणकारी राजनीतिक परिवर्तन सहितको सामाजिक परिवर्तनमा सहभागी हुन हामीसँग जोडिहोस्

bottom of page